बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

धादिङ - बाख्राले कोदो खाएको निहुँमा धादिङमा एक वृद्धाको हत्या भएको छ। नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मंगल गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको…