काठमाण्डु – नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले आज शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर आइडल हुने जानकारी गराएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रूपमा रहेको टीभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए ।…