प्रहरी श्रीमती संघले गर्‍यो स्वयम्भू परिसरको सरसफाइ

काठमाण्डु – नेपाल प्रहरी श्रीमती संघको ‘सामाजिक उत्तरदायित्व क्रियाकलाप’ अन्तर्गत शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य बिहार परिसर स्वयम्भूको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गरिएको छ । ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका संघले विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरूको सरसफाइ तथा संरक्षण कार्यक्रम गर्दै आएको छ । यसअघि विश्व सम्पदामा सूचीकृत पशुपति मन्दिर परिसरमा…