काठमाण्डु- काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले दु:ख दिने गरी केरकार गरेको बालेन सचिवालयले जनाएको छ। सबिना काफ्ले सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेर सोधपुछ गरेपछि शनिबार बेलुकी बालेनले सिंहदरबार जलाइदिने धम्की दिँदै स्टाटस लेखेका थिए। यसबारे विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको बताउँदै सचिवालयले आइतबार दिउँसो विज्ञप्ति जारी गरेको…