सुन तस्करी प्रकरणमा थुनछेक बहस सुरू

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ६० किलो बढीको सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा बयान लिने कार्य सकिएर थुनछेक बहस सुरू भएको छ । काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अभियोग पत्रसँगै अदालतमा पेश गरिएका सबै प्रतिवादीको बयान सकिएको बताए । बयान सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा थुनछेक बहस सुरू भएको छ…