कृष्णनगर - कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटाका शाखाका इन्चार्ज दिनबन्धु आचार्यले जानकारी दिए । विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा तारमा विद्युत् प्रवाह भई थापाको मृत्यु भएको हुनसक्ने…