काठमाण्डु – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बिहीबारको बैठकले ३ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ । न्याय, कानून तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सरकारले प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटालाई कानून मन्त्रालयमा सरुवा गरेको छ । कानून आयोगका सचिव लीलादेवी गड्तौलालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ भने सत्य निरुपण तथा मेलमिलाप…