काठमाण्डु- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङले नेपाली कांग्रेसमा कलाकर्मीको महत्त्व अत्यधिक रहेको बताएका छन् । कलाका विभिन्न क्षेत्रमा क्रियाशील कलाकर्मीको संस्था नेपाल सांस्कृतिक महासंघको नेपाली कांग्रेसभित्र अन्य भातृ सङ्घसंस्थाको भन्दा मूल्य र मान्यता ठुलो रहेको उनको धारणा थियो । बुधवार नेपाल सांस्कृतिक महासंघको १८ औँ स्थापना दिवस एवम् राष्ट्रिय प्रशिक्षण भेला…