नारायणगढ-मुग्लिन सडकखण्ड : पहिरोको उच्च जोखिममा मौरीखोला

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिरोको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षातको समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । डिभिजन सडक कार्यालय चितवनले वर्षातको समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ । कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर…