महेन्द्रनगर - कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि बिहीबारदेखि दादुरा-रुबेला खोप अभियान सञ्चालन हुँदैछ। खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए। बुधबार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकायसित छलफलसमेत गरिएको थियो। आजदेखि सुरु हुने खोप…