उपनिर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाण्डु - निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू गर्ने भएकाे छ । आयोगले चैत २४ गते शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता जारी गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी दिए। आचारसंहिता चितवन,…