काठमाण्डु- सांसद जनार्दन शर्माले राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रम २०८०-८१ मा नयाँ सोच, सङ्कल्प र प्रतिबद्धता रहेको भन्दै समर्थन गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले भने, ‘आग्रह र पूर्वाग्रहबाट होइन, यथार्थ धरातलमा टेकेर हेर्ने हो भने यो मार्गदर्शक हो । वर्तमानमा नीतिगत संरचनागत कार्यान्वयनको क्षेत्रमा र प्रतिफलको क्षेत्रमा…