मनसुन थप कमजोर हुँदै, तीन प्रदेशमा मध्यम वर्षा हुने

काठमाण्डु - हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भई स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी…