विषयगत समितिका लागि मंगलबारसम्म सदस्यको नाम पठाउने सहमति

काठमाण्डु- प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निणर्य गरेको छ । सोमबार संसद् भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकले अबको एक, दुई दिनभित्र नै विषयगत समितिहरूको टुंगो लगाउने सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्य व्यवस्था परामर्श समितिको सोमबारको बैठकले प्रतिनिधि सभाको…