कोलम्बो प्लानको महासचिवमा शर्माको उम्मेदवारी स्वीकृत, यी हुन् सरकारका निर्णय

काठमाण्डु – सरकारले कोलम्बो प्लानको नवौं महासचिव पदमा सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मनोनयनको स्वीकृति प्रदान गरिएको जानकारी दिए । सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई सहिद घोषणा गरेको छ ।…