नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाण्डु- चैत्र २ गतेदेखि ६ गतेसम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ। बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी निफले यस बारेमा जानकारी गराएको हो। निफले महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जनाएको छ। निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीबाट हुने आयोजकले बताएको…