काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा दिप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थलको औंपचारिक उद्घाटन गरेका हुन् । उक्त समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण…