रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको पेशी २२ गते तोकियो

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको पेशी पुस २२ गते तोकिएको छ । लामिछानेको सांसद बन्ने योग्यतामाथि प्रश्न उठाउँदै युवराज पौडेले दायर गरको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासले पुस २२ गतेलाई पेसी तोकेको हो । उक्त मुद्दामा संवैधानिक इजलासले पुस ६ गते विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश…