चिसोका कारण महोत्तरीमा बढे बिरामी

महोत्तरी - महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो । एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ…