काठमाण्डु - सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ। बेलुकी ८ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्र काठमाण्डुका अनुसार बझाङको खप्तड छान्ना गाउँपालिका पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर,कैलाली ,डडेल्धुरा,अछाम, बझाङ, बाजुरा,दार्चुला लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। केही दिनअघि डोटी केन्द्रबिन्दु…