मेयर बालेन चुनावी तयारीमा सक्रिय, ‘देश विकास पार्टी’ अगाडि बढाउने सम्भावना

काठमाण्डु – युवामाझ सर्वाधिक रूचाइएका काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ आसन्न चुनावको तयारीमा सक्रिय भएका छन् । जेनजी आन्दोलनपछिको उपस्थितिमा भूमिका नखेलेको आरोप लाग्दै आएका मेयर बालेन अब सक्रियतापूर्वक चुनावी तयारीमा लागेका छन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि उनले बुधबार चर्चित चिकित्सक डा. भगवान कोइराला, निश्चल…