काठमाण्डु- नागरिकता विधेयक प्रमाणित नगरेपछि चर्को विरोध भैरहेको बेला उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन् । बुधवार वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका छन् । उनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन…