उच्च अदालत सुर्खेतका न्यायाधीश अन्सारीलाई बर्खास्त गर्ने न्याय परिषदको निर्णय

काठमाण्डु – उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी बर्खास्त भएका छन् । आज बसेको न्याय परिषदको बैठकले अन्सारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले जिल्ला अदालत बर्दियाका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्नका लागि पनि सिफारिस गरेको छ । तुलसीपुर उच्च अदालतकी न्यायाधीश कविता उप्रेतीलाई सचेत गराउने परिषद्ले निर्णय गरेको छ ।…