पोखरा - जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेद्वार बनाएको थियो । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याए । उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छिन् । उनले गठबन्धनकी उषा थापालाई…