काठमाण्डु – नेपालमा पहिलोपटक १ वर्ष भन्दा मुनिको वच्चाको सफल कलेजो प्रत्यारोपण गरिएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा शनिबार राति ११ महिने शिशुको सफल कलेजो प्रत्यारोपण गरिएको हो । चिकित्सकहरुले ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं कलेजो प्रत्यारोपण हो । शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा. डा. रमेश…