अमेरिकाले गर्‍यो भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

काठमाण्डु– अमेरिकाले भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत गरेको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो । कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससीए) ले जानकारी गराएको हो ।…