करेन्ट लागेर १ जनाको मृत्यु

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी बस्ने २१ वर्षीय सन्देश शाहीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा थप उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।