काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन बमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताएका छन् । 'संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर विघटन गर्न मिल्दैन । प्रधानमन्त्रीको लिखित जवाफमा दिइएको आरगुमेन्ट(तर्क) पनि मिल्दैन', उनले भने, ‘पार्टीभित्रको विवाद मिलाउन नसकी प्रतिनिधिसभा नै…