खोटाङ – भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ । निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए । गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन् । विद्यालय बन्द भएपनि आन्तरिक लेखापरीक्षण, अन्तिम…