थारू समुदायले आज अटवारी पर्व मनाउँदै, लुम्बिनीका ६ जिल्लामा बिदा

काठमाण्डु – पश्चिम तराइका थारू समुदायले आइतबार अटवारी पर्व मनाउँदैछन् । यो उनीहरूको महत्त्वपूर्ण पर्व हो । शुक्रवार राति दर खाएर शनिबार दिनभरि व्रत बस्ने र बेलुका रोटी पकाएर देवतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन थारु समुदायमा छ । रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल अग्नि देवतालाई…