काठमाण्डु - कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय खारेज गरेको छ। पूर्वसचिव लक्ष्मण अर्याल नेतृत्वको संरचना सुधार प्रतिवेदन अनुसार आन्तरिक मामिला मन्त्रालय खारेज गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री खारेज भएसँगै कर्णालीमा मन्त्रालयको संख्या घटेर ७ पुगेको छ । मन्त्रालय गाभिएपछि एक मन्त्री, एक प्रदेश सचिवसहित…