भक्तपुर - यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भएको हो । यसका साथै आजदेखि नवरात्रि पनि शुरु भएको छ । नवरात्रिका अवसरमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ । यसै सन्दर्भमा भक्तपुरको ब्रह्मायणी शक्तिपीठमा बिहानदेखि…