निजी मेडिकल कलेजलाई सरकारले भन्योः विद्यार्थीको पिसिआर रिपोर्ट नमाग्नू

काठमाण्डु – सरकारले लक्षण नभएका विद्यार्थीको पिसिआर रिपोर्ट नमाग्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसिआर परीक्षण बिनै परीक्षामा संलग्न गराउन आग्रह गरेका हुन् । उनले भने, ‘लक्षण नभएका विद्यार्थीलाई पिसिआर परीक्षण गर्न नलगाउनुहुन अनुरोध छ ।’ मन्त्रालयले निर्धारण गरेको क्षेत्राधिकार बाहिर गएर परीक्षण नगराउन…