काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–१ सिसहानियाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १३२ एम्पुल, बुप्रेनोर्फिन १३२ एम्पुल र प्रोमेथाजाइन १३२ एम्पुलसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–२९ बस्ने २१ वर्षीय रोहित सेन्चुरी, १७ वर्षीया किशोरी र ३९ वर्षीय बादल बस्याल…