कोरोना संक्रमित बढेसँगै काठमाडौंमा चहलपहल घट्यो

काठमाडौं – राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जनामा पोजेटिभ पुष्टि भएको हो । पिसिआर विधिबाट परीक्षणका लागि २८ जनाको स्वाब लगिएकामा बुधबार दिउँसो…