काठमाडौं – ‘तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता’, एक निजी टेलिभिजनमा कार्यरत एक श्रमजीवी पत्रकारले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, ‘आफूले काम गरेको क्षेत्र र संस्थाबारे नकारात्मक बोल्दा अप्ठ्यारो लाग्छ तर नियमित तलब नपाउँदा घर खर्च चलाउन कठिन भइसकेको छ ।’…