रेल्वे कम्पनीले करारमा कर्मचारी माग्दै, सरकारले दियो स्वीकृति

काठमाडौं – नेपालले जनकपुर–जयनगर रेल्वे सञ्चालनको लागि विदेशी कर्मचारी ल्याउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा नेपाल रेल्वे कम्पनीलाई रेल सञ्चालनको लागि विदेशी जनशक्ति नियुक्ति गर्न पाउने सैद्धान्तिक स्वीकृति दिएको बताएका हुन् । रेल सञ्चालन गर्न आवश्यक कर्मचारी नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा…