कपिलवस्तु– शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । सो वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताए । स्थानीय सर्वसाधारणले…