सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीमाथि अख्तियारद्धारा मुद्दा दायर

हेटौँडा - विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महीनामा उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको हो । पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक तथा प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी हुन् । कार्यलयका सूचना…