विप्लव कार्यकर्ताद्वारा दुई ट्रकमा आगजनी

हेटौँडा - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मकवानपुरमा दुई वटा गाडी जलाएका छन्। मकवानपुर चौकिटोलमा सोमबार बिहान ना ७ ख ९४९३ नम्बरको खाली ट्रकमा आगो लगाएका हुन्। उक्त ट्रक जल्दा जल्दै प्रहरीले आगो निभाएको थियो। ट्रकको अगाडिको केही भाग जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी…