काठमाडौं– संसदको लेखा समितिद्वारा गठित उपसमितिले बाइडबडी विमान खरिदमा भ्रष्टाचारको ठहर गर्दै मुख्य दोषी ठहर गरेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलिएको छ। उनलाई मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले मोसो दलेको सो पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले पुष्टि गरे। कंसकारमाथि आफ्नै पार्टीनिटक युवा संगठनले कालोमोसो दलेको स्वीकार…