‘राजधानी सार्न पाइदैन’ भन्दै धनगढीमा नेकपाका प्रमुख सचेतकमाथि आक्रमणको प्रयास

धनगढी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सभाका प्रमुख सचेतक तारा लामा तामाङमाथि धनगढीमा आक्रमणको प्रयास भएको छ। ‘राजधानी सार्न पाइदैन’, ‘तारा लामा मुर्दावाद’ लगायतका नारा लगाउँदै केही व्यक्तिहरूले  प्रमुख सचेतक  तामाङमाथि आक्रमणकाे प्रयास गरेकाे हाे। त्यतिबेला उनी धनगढीको ओम प्यालेससँगै रहेको बेल्स परिकारमा नास्ता खान जाँदै थिए। कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार तामाङमाथि…