पर्वतमा कारागारको अवस्था, क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

पर्वत - ‘ङ’ श्रेणीमा सूचीकृत पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदी एकै ठाउँमा बस्न बाध्य भएका छन् । जम्मा २५ जनाको क्षमता भएको पर्वत कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी बस्दै आएका हुन् । हाल सो कारागारमा पाँच महिलासहित ७८ जना कैदीबन्दी छन् । कारागारका कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले बस्ने…