झापा – तिहार र छठ पर्वलाई लक्षित गरी चोरीतस्करीमार्फत भित्र्याइरहेको ७ लाख ६६ हजार ८७६ रुपैयाँ मूल्य बराबरको प्रतिबन्धित विस्फोटकजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाको टोलीले भद्रपुर नगरपालिका–३ स्थित मेचीपारी नजिकै झोलुङ्गे पुल वरिपरि साढे ४ बजे बिहान ७ बोरा पटाका बरामद गरेको डीएसपी…