काठमाण्डु - पहिरो खस्दा नारायणगढ-मुग्लिङ सडकखण्डमा अवरुद्ध भएको छ। यस सडकखण्डको इच्छाकामना गाउँपालिका–५ स्थित तुईन खोलामा शनिबार बिहान सुख्खा पहिरो खस्दा सडक दुईतर्फी सडक अवरुद्ध भएको हो। पहिरो खसेसँगै सडक डिभिजन कार्यालय भरतपुर र प्रहरीको टोलीले पहिरो हटाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यस स्थानमा पटकपटक पहिरो जाँदा यात्रुहरूलाई निकै सास्ती…