काठमाडौ –गृह मन्त्रालयले सहसचिवहरुको पदस्थापना गरेको छ । गृहमन्त्राय स्रोतकाअनुसार मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रामकृष्ण सुवेदीलाई दिइएको छ । शान्ति सुरक्षा महाशाखा गृहमन्त्रालयमा निकै शक्तिशाली महाशाखाका रुपमा चिनिन्छ । राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका सुवेदीलाई केही समयअघि गृहमन्त्री जनार्दन शर्माले गृहमन्त्रालयमा सरुवा गरेका थिए । सुवेदीलाई गृहमन्त्रालयको प्रवक्ताको जिम्मेवारी समेत दिइएको छ…