काठमाण्डु – नेकपा एमालेसँग सम्बद्ध युवा संगठन राष्ट्रिय युवासंघ नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सक्रिय सहयोग गर्ने जनाएको छ । अध्यक्ष क्षितिज थेवेले जारी गरेको विज्ञप्तिमा संघले लोकतन्त्र र बहुदलीय व्यवस्थाको संरक्षणका लागि निरन्तर संघर्ष गर्दै आएको स्मरण गर्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन आफ्नो भूमिकामा दृढ रहेको उल्लेख…