प्राकृतिक स्रोत आयोगका सदस्य अमरराज मिश्रले दिए राजीनामा

काठमाण्डु– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्य अमरराज मिश्रले राजीनामा दिएका छन् । उनले वित्त आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । मिश्रले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।