काठमाण्डु– असार २४ गते रसुवामा आएको विनाशकारी बाढी हिमताल विस्फोटकै कारण भएको जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ। विभागले बिहीबार जारी गरेको जानकारी अनुसार, चीनसँगको सीमावर्ती क्षेत्रमा अवस्थित हिमताल विस्फोट हुँदा लेन्दे खोलाबाट पानी बग्दै भोटेकोशी नदीमा पुगेपछि बाढी आएको पुष्टि भएको हो। बाढीको स्रोत, प्रभाव र अवस्थाबारे थप जानकारी लिन…