दरबारमार्ग क्षेत्रमा भोलिदेखि निषेधाज्ञा

दरबारमार्ग क्षेत्रमा भोलिदेखि निषेधाज्ञा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् ।

राजावादी समर्थकहरूले शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि सीडीओले भोलिदेखि नै लागू हुने गरी असार २४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको आदेश जारी गरेका छन् ।

सीडीओ ऋषिराम तिवारीले जारी गरेको सूचनामा दरबारमार्ग, केशरमहल, जयनेपाल हल क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन र नारा जुलुस धर्ना लगायतका कार्यक्रम गर्न निषेध गरिएको छ ।